सीमामा घुमुवाको दादागिरी

1,191








परासी । पश्चिम नवलपरासीमा कोरोना भाईरस कोभिड १९ का कारण छिमेकी मुलक भारतसंग जोडिएका सिमाक्षेत्र र विभिन्न नाकाहरुमा सशस्त्र सुरक्षाकर्मी रात दिन खटि रहे पनि तस्करी भने रोकिएको छैन ।
लकडाउनको बेला कोरोना भाईरसबाट बच्न र बचाउनको लागि नेपाल सरकार र सुरक्षाकर्मीहरुले आमजनतालाई आवत जावत गर्नमा रोक लगाएको छ । तर तस्करहरुलाई कुनै किसिमको सोधपुछ चेकजांच नगरी प्रहरीले सरासर नेपाल भारत आउन जान दिने गरेका छन् ।
गेरमा भगतपुरवां चमनटोला लगायतका यी नाकाहरुका दायां बायां खेतको बाटो प्रयोग गरेर समानहरु भित्रयाउने काम रोकिएको छैन ।

यसैगरी लकडाउनको मौका छोपी रातीको समय सिमाक्षेत्रमा बसेका भारतीय र नेपाली तस्करहरुले पश्चिम नवलपरासीमा अहिले तस्करी गर्ने मुल अखडा बनाएर प्रयोग गर्दै आएका छन ।
सिमाक्षेत्रमा तस्करी र आवत जावत रोकनको लागि सिमाक्षेत्रमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरे पनि नेपालबाट केराउ छोहाडा मदिरा भारततर्फ गएको छ । त्यस्तै भारतबाट खसी लत्ता कपडा चिनी ईलेक्ट्रीकका सामान लागुऔषध नेपालमा भित्रयाएर नेपालको विभिन्न ठाउहरुमा पठाउने गरेका छन । आजभोलि दिउसो भन्दा रातीमा बढी तस्करी भएको छ ।
पश्चिम नवलपरासी २६ नं गण बेलासपुरबाट २ जना घुमुवाहरु एउटै जिल्लामा कहिले बिओपि कहिले गण मिलाएर ६ वर्ष देखि घुमुवा बस्दै आएका छन र गेरमा अस्थायई पोष्टबाट १ जना घुमुवा रहेका छन । नेपालमा दिन प्रतिदिन कोरोना बढीरहेको छ तर सुरक्षाकर्मीहरुको त्यसतै लापरवाहि रहेको छ । तस्करहरुको मिलोमतोमा घुमुवाहरु घण्टा हप्ता महिनावारी लिएर अबैध तस्करी गराउनमा बढावा दिरहेको स्थानीयहरुले बताएका हुन ।

गेरमा शिव पार्वती प्राथमिक विद्यालयमा बसेका शस्त्र प्रहरी बल अस्थाई पोष्ट देखि अनुमानित पांच सय मिटर भित्रमा चमनटोला भगतपुरवा गेरमा गांउबाट अबैध तस्करी भईरहेको छ । विभिन्न किसिमको सुचना संकलन गर्नको लागि मान्छे छोडेको हुन्छ । तर अर्थिक प्रलोभनमा परि उल्टै तसकरहरुलाई बाहिरबाट को हाकिम आउदै छ तसकरहरुलाई सुचनाद्रारा सहयोग गरि तस्करी गराउनमा बढावा दिएको छ ।
पश्चिम नवलपरासी २६ नं गण बेलासपुरबाट २ जना घुमुवाहरु एउटै जिल्लामा कहिले बिओपि कहिले गण मिलाएर ६ वर्ष देखि घुमुवामा बस्दै आएका छन त्यस्तै शस्त्र प्रहरी बल अस्थाई पोष्ट गेरमाबाट २ जना घुमुवाहरु तस्करहरुसंग हप्ता वा महिना लिएर केही पैसा हाकिमहरुलाई दिने गरेको स्रोतले बताए ।
यहाँका घुमुवाहरु अन्त सरुवा भए पनि केही महिनामा पुन सरुवा मिलाएर आउने गर्दछन् ।

 

You might also like
Loading...