राष्ट्रपति भण्डारीको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त


काठमाडौं । राष्ट्रपतिको सूचना सञ्चार विज्ञमा टीका ढकाललाई नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा ढकाललाई नियुक्त गरेकी हुन् ।




युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । ढकालले सार्क विकास कोष लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका थिए । ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको छ ।





सम्बन्धित
Loading...