सुनवल नगरपालिका एक हप्ताका लागि शिल


सुनवल, भदौं २४ । एकै पटक बढी संख्यामा कोरोना संक्रमित थपिएसँगै पश्चिम नवलपरासीको सुनवल नगरपालिका शिल गरिएको छ । बुधबार मात्रै २७ जनामा कोरोना संक्रमण देखिएको भन्दैे स्थानिय विपद व्यवस्थापन समितिको वैठकले बुधबार राति १२ वजे देखि लागु हुने गरि भदौं ३१ गते राति १२ बजे सम्मका लागि पूर्ण रुपमा शिल गरिएको नगरपालिकाले जनाएको छ ।




शिल गरिएको समयअवधिमा स्वास्थ्य सम्वन्धी सेवा वाहेक सुनवल नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, वैंक तथा वित्तिय संस्था लागाएत सार्बजनिक निकायबाट प्रवाह गरिने सेवाहरु, व्यापार व्यावसाय, निर्माण कार्य, तरकारी ढुवानी, घुम्ति पसल, अटो रिक्सा लागउत सवारी साधन संचालन, साना सवार साधनहरु सबै पूर्ण रुपमा निषेध गरिएको सुनवल नगरपालकाका नगरप्रमुख भिमवहादुर थापाले जानकारी दिनुभयो ।




अहिले सम्म सुनवल नगरपालिका कोरोना संक्रमितको ९१ पुगेको छ भने ३७ जना संस्थागत र होम आइसियुलेशनमा रहेको नगर स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जनाकारी दिनुभयो ।




सम्बन्धित
Loading...