पत्रकार बीरेन्द्र साहको हत्यारा १३ वर्ष पछि पक्राउ

208







पत्रकार बीरेन्द्र साहलाई अपहरण गरी हत्या गर्ने मध्येका एक लाई १३ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । महागढीमाई नगरपालिका २ तेलकुवा टोल बस्ने ४५ वर्षीय हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीलाई प्रहरीले विहिबार पक्राउ गरेको हो।

२०६४ असोज १८ गते बारा साबिक उम्जन गाविस अन्तर्गत पिप्रा बसतपुरबाट साबिक इनर्वासिरा गाबिस ८ बस्ने पत्रकार बीरेन्द्र साहलाई निज कुर्मी, कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी गोली हानी हत्या गरेपछि साबिक डुमरवाना गाविस ७ स्थित जंगलमा खाल्डो खनेर गाडेको शव २०६४ कात्तिक २२ गते फेला परेको कर्तव्य ज्यान मुद्दाको घटनामा संलग्न रहेका कुर्मी हालसम्म फरार रहेका थिए ।

पत्रकार साहको अपहरण तथा हत्यामा संलग्न मुख्य अभियुक्त कुर्मी विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कुर्मीलाई कोल्हवी नगरपालिका ४ सपही टोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको हो ।

You might also like
Loading...