असोज १ गते घरघरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह

128







काठमाडौं, २८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व विरामी सुरक्षा दिवसको अवसरमा असोज १ गते राति ८ बजे दीप प्रज्वलन गर्न सबैलाई अपिल गरेको छ।मन्त्रालयले स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउनका लागि असोज १ गते घर –घरमा दीप प्रज्वलन गर्न सबैलाई अपिल गरेको हो।

मन्त्रालयले सोही समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत आग्रह गरेको छ।

असोज ७ गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन गर्ने मन्त्रालयको तयारी रहेको बताइइएको छ। बिरामी दिवसलाई यस वर्ष स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको छ । यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ तय गरिएको छ ।

You might also like
Loading...