कांग्रेस नेता गिरीको अस्पतालको लापरवाही कारण निधन भएको भन्दै छानविनको माग

169







परासी । नेपाली काग्रेसका जिल्ला उपसभापति शुभाषचन्द्र गिरीको मृत्यु अस्पतालको लापरवाहीको कारण निधन भएको भन्दै छानविनको माग गरिएको छ ।
छानविनको माग गर्दै राजनैतिक दलहरुले आईतबार सदरमुकाम परासीमा जुलुस निकालेका छन् । कोरोना महामारीको समयमा जिल्लामा भेला जुलुस गर्न निषेध गरिएको भए पनि राजनीतिक दलहरुकै अगुवामा सयौं मानिस जम्मा भएर जुलुस गरिएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा निकालिएको जुलुसमा दोषिमाथी कारवाही गर, पिडितलाई क्षतिपुर्तिको व्यवस्था गर्न माग गरिएको थियो ।
परासी वुद्धचोक बाट सुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय गेट अगाडिबाट पुनः वुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
पित्तथैलीको अपरेशन पछि कोरोना देखिएको गिरीको उपचारको क्रममा निधन भएको थियो ।

You might also like
Loading...