नवलपुर जिल्लामै पिसिआर परीक्षण गर्न काँग्रेसको माग

201







नवलपुर । नेपाली काङ्ग्रेस नवलपुरले नवलपुर जिल्लामा तत्काल पिसिआर परीक्षणको व्यवस्था गर्न माग गरेको छ । नेपाली काँग्रेस नवलुरले पिसिआर ल्याबको नवलपुरमै स्थापना गरी पिसिआर परीक्षणको व्यवस्था गर्न माग गरेको हो ।

नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछानेले आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल जिल्लामा पिसिआर ल्याबको स्थापना गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन ।
पिसिआर टेस्ट र त्यसको नतिजाको पर्खाईबाट आम जिल्लाबासी अत्यन्तै पीडित र दुखित भएको उल्लेख गर्दै पिसिआर परिक्षण कार्य सहज नहुदा समुदायलाई यसले त्रसित र आतंकित बनाएको लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
यस्तै विज्ञप्तिमा जिल्लामा पिसिआर टेस्टको व्यवस्था गर्न नागरिक स्तरबाट दबाब आईरहेको हुँदा तत्काल पिसिआर टेस्टको मेसिनरी तथा अन्य प्राविधिक व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

You might also like
Loading...