काेभिड १९ बाट गैडाकाेटमा ६२ बर्षीया महिलाकाे निधन

185







गैडाकाेट । पूर्वी नवलपरासीकाे गैडाकाेटमा काेभिड १९ का कारण ६२ बर्षीया महिलाकाे निधन भएकाे छ ।
गैेडाकाेेट ९ कि ६२ बर्षीया महिलाकाे गएराति निधन भएकाे हाे । उनकाे चितवन मेडिकल कलेेजमा उपचारकाे क्रममा निधन भएकाे गैेडाकाेट नगरपालिका प्रमुख छत्रराज पाैडेलले बताए । नवलपुरमा याे सहित काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ पुगेकाे छ।नवलपुरका स्वास्थ्य प्रमुख चापागाईले नवलपुरमा थप एक जनाकाे निधन भएकाे बताए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।

You might also like
Loading...