कुलमानको पुनर्नियुक्तिबारे अझै निर्णय हुन सकेन

73







सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन निर्णय गर्ने कि नगर्ने भन्ने निर्णय अझै गर्न सकेको छैन । उनको पदावधि समाप्त भएपनि उक्त पदमा नयाँ नियुक्ति गरेको छैन ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्त गर्ने चर्चा चलेपनि यस विषयमा कुनै निर्णय नभएको एक मन्त्रीले बताए ।
‘बैठकमा कुरो उठेको थियो । तर प्रधानमन्त्रीले यस विषयमा के कसो हुन्छ कानुनी कुरा बुझौं भन्नुभयो, निर्णय भएको छैन,’ एक मन्त्रीले भने ।

वैठकमा नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक नियुक्तमा कानुनी बाधा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका थिए । प्राधिकरणमा कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने उर्जामन्त्री वर्षमान पुनले मन्त्रीपरिषदमा सिफारिस गरेपछिकानुनी प्रश्न उठाएका हुन । उनले कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेकाले आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्न नसकेन ।
कुलमानलाई पुनर्नियुक्ति दिन केही कानुनी समस्या भए पनि समस्या समाधानका लागि विद्युत प्राधिकरणको ऐन नै संशोधन गर्ने तयारी गरिएको बताइएको छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ साल भदौ २९ गते कुलमानलाई प्राधिकरणमा नियुक्त गरेका थिए । सोअनुसार ४ वर्षे कार्यकाल आइतबार सकिएका कुलमानलाई सरकारले पुनः नियुक्ति दिनुपर्ने दवाव चौतफी भएपनि आज नियुक्ति हुन नसकेको हो ।

बर्खामा समेत दैनिक ८ घन्टा लोडसेडिङ रहेको अवस्थामा २०७३ सालको भदौमा नियुक्त भएका कार्यकारी निर्देशक घिसिङले त्यही वर्षको तिहारको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएर आम नेपालीको मायाको पात्र बनेका थिए ।

कुलमान घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियमभन्दा पनि विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्छ प्राधिकरणकै एक उच्च कर्मचारीले भने ।

बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसैगरी आजको बैठकले असोज पाँचबाट आन्तरिक हवाइ उडान तथा लामो दूरीका सवारी साधन समेत खुलाउने निर्णय गरेको उनले बताए ।

You might also like
Loading...