मध्यविन्दु नगरपालिकामा एकैसाथ १७ जना संक्रमित थपिए


नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सोमबार १७ जना कोभिड १९ का नयाँ संक्रमित पुष्टि भएको छ ।
यो सहित मध्यविन्दु नगरपालिकामा संक्रमितको संख्या ९० पुगेको छ । यहाँ एक जना पुरुषको संक्रमणको कारण निधन भएको छ ।
मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पोख्रेलका अनुसार मध्यविन्दु २ का १९ बर्षीय पुरुष, मध्यविन्दु ४ का ३७ बर्षीय पुरुष, मध्यविन्दु ७ का ३७ बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।




त्यसैगरी मध्यविन्दु ८ का ८ बर्षीया बालिका सहित २१, २९, ३६ र ६१ बर्षीया महिला, १४ र ४५ बर्षीय पुरुष गरी ८ जनामा संक्रमण देखिएको छ । त्यस्तै मध्यविन्दु ५ मा १७, ४८, २७ र ५० बर्षीय ४ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यसैगरी मध्यविन्दु नगरपालिका १० का १४ बर्षीया बालिका, ६२ बर्षीया महिला र मध्यविन्दु १२ का ६० बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
सोमबार संक्रमण पुष्टि भएका १७ जनामा ६ जना क्वारेन्टाइनका हुन् भने ११ जना स्थानीय हुन् ।







सम्बन्धित
Loading...