देवकोटा प्राविधिक शिक्षालयका दक्ष जनशक्तिको बजारमा भारी माँग

138







गोपी ज्ञवाली ।

नवलपरासी, ४ असोज । पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटा प्राविधिक शिक्षालयले उत्पादन गरेको दक्ष जनशक्तिको बजारमा ब्यापक रुपमा माँग रहेकोे पाईएको छ ।
२०५९ सालमा स्थापना भएको नवलपरासी सुनवलमा रहेको महाकवि देवकोटा प्राविधिक शिक्षालयले (टीईसीएस) ले अटोमोबाईलमा तयार पारेको प्राविधिक जनशक्तिहरुले देशका विभिन्न स्थान सहित देश बाहिर विभिन्न देशहरुमा आफना दक्ष प्राविधिकहरुलाई काममा पठाएको पाईएको छ । यस प्राविधिक शिक्षालयले उत्पादन गरेका एउटा पनि दक्ष जनशक्ति अहिले सम्म खाली नहेको उत्पादित जनशक्तिको अध्ययन गर्दा पाईएको छ ।
महाकवि देवकोटा प्राविधिक शिक्षालयबाट पढाई सकेर निस्केका विद्यार्थीहरु नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरीको प्राविधिक शाखा, टाटा, सिप्रदी जस्ता स्थापित संस्थाहरुमा प्राविधिक दक्ष नजशक्तिको रुपमा काम गरिरहेका छन भने देशका अनेका स्थानमा आफनो निजी ब्यावसाय खोलेर राम्रो आमदानी गर्न सफल रहेको महाकवि देवकोटा नमुना माध्यामिक विद्यालय सुनवलका विद्यालय ब्यवास्थापन समिती अध्यक्ष ज्ञानहरी अर्यालले बताए ।
अहिलेको देश भित्र र देश बाहिर अनेक स्थापित संस्थाहरुमा हाम्रा उत्पादित जनशक्तिहरुको ब्यापक माँग रहेको र माँग अनुसार दक्ष जनशक्तिको उत्पादन गर्न नसकिएको देवकोटा नमुना माध्यामिक विद्यालयका प्रध्यानाध्यापक खेमलाल शर्माले बताए ।
प्रयोगात्म र शैद्धान्तिक गरि जम्मा १८ महिनाको अटोमोबाईल सव ओभरसेयर कोर्षको संचालन गर्दै आएको यस प्राविधिक शिक्षालयले उत्पादन गरेको दर्जनौ युवाहरु देश र विदेशका विभिन्न स्थानमा रोजगारीमा ब्यास्त रहेका छन । सीटीईविटी द्धारा संचालित आटोमाबाईल सब ओभरसेयरको कोर्ष पढेर सेकेका यस शिक्षालयबाट उत्पादित कुनै पनि विद्यार्थीहरु अहिले वेरोजगार नरहेको अध्यक्ष अर्यालको दावी रहेको छ ।
यस प्राविधिक शिक्षालयबाट उत्पादित दक्ष दर्जनौं जनशक्तिहरुले अहिले देशका विभिन्न स्थान सहित देश वाहिर कतार, दुबाई, मलेशिया, लताएतका विभिन्न देशहरुमा आफना योग्यता उचित मुल्यमा बेचन सफल भएको पाईएको छ ।
अहिले सम्म महाकवि देवकोटा शिक्षालयले ३ सय भन्दा धेरै अटोमोबाईल सब ओभरसेयर उत्पादन गरेका छ भने मोटर र मोटरसाईकलका सानाकोर्षका सयौं दक्ष जनशक्तिहरुको उत्पादन गरेको बताईएको छ ।

You might also like
Loading...