चितवनमा थप ८ जना कोरोना संक्रमित थपिए

122







चितवनमा थप ८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। बिहिवार रातिसम्म भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएको थप १ सय ९१ वटा परीक्षणमा ८ जनामा संक्रमण पुष्टी भएको छ। बाँकी १ सय ८३ वटा नमुनामा भने नेगेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन।

संक्रमण देखिएकाहरु भरतपुर महानगरपालिका २ जना, खैरहनी नगरपालिका १ जना र राप्ती नगरपालिका ५ जना रहेका छन्।

पछिल्लो समय चितवनमा कोभिड १९ संक्रमणको दर घट्दै गएको देखिएको छ। बुधवार पनि २ सय ९९ वटा नमुना परीक्षण गर्दा ४ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो।

You might also like
Loading...