कावासोतीमा धारिलो हतियार प्रहार गरी ज्वाईले ससुरा मारे

425







कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा धरिलो हतियार खुर्पा प्रहार गरी ज्वाईले ससुराको हत्या गरेका छन् ।
कावासोती नगरपालिका १५ शेरगञ्ज निवासी ३१ बर्षीय सुभाष मगरले आफ्नै ससुरा ७५ बर्षीय विष्णु राईको हत्या गरेका हुन् ।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएका ससुरा राईलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएकोमा उनको गएराति नै उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
खुर्पा प्रहार गर्ने ज्वाई प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा राखिएको छ ।

आपसी घर झैझगडा सधै भईरहेन र आइतबार राति पनि घर झगडा भएको बेला मादकपदार्थ सेवन गरेर ससुरालाई खुर्पा प्रहार गरेका थिए ।

You might also like
Loading...