मृतकको शव आफन्तलाई बुझाइयो, दोषीलाई ज्यान मुद्दा

276







  • रामकुमार श्रेष्ठ –

नवलपरासी, ५ असोज । आफ्नै ससुरालाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने कावासोती १५ शेरगञ्ज निवासी ३१ बर्षीय सुबाष जर्गा मगरलाई ज्यान सम्बन्धी मुद्दा चलाइएको नवलुर प्रहरीले जनाएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा धरिलो हतियार खुर्पा प्रहार गरी ज्वाईले ससुराको हत्या गरेका थिए ।
कावासोती नगरपालिका १५ शेरगञ्ज निवासी ३१ बर्षीय सुभाष जर्गा मगरले आफ्नै ससुरा ७५ बर्षीय विष्णु राईको हत्या गरेका हुन् ।
खुर्पा प्रहारबाट गम्भीर घाइते भएका ससुरा राईलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएकोमा उनको गएराति नै उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

खुर्पा प्रहार गर्ने ज्वाई प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ भने आफन्तले उनको शव धार्मिक संकार अनुसार अन्त्यष्टी गरिएको छ ।
आपसी घर झैझगडा सधै भईरहेन र आइतबार राति पनि घर झगडा भएको बेला मादकपदार्थ सेवन गरेर ससुरालाई खुर्पा प्रहार गरेका थिए ।
पक्राउ परेका मगरलाई मुलुकी अपराध संहिता २०७४ भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धि कसुर अनुसार कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

You might also like
Loading...