कावासोतीमा कोरोना जितेर फर्किएकाहरुले शुरु गरे संक्रमितहरुलाई परामर्श

184







पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा कोराेना संक्रमित भई निको भएका निसंक्रमित व्यक्तिहरुले कोरोना निसंक्रमण अभियान संचालन गरेका छन् ।

पूर्वी नवलपरासी जिल्लाको सदरमुकाममा रहेको कावासोती नगरपालिकाले नगर भित्रका कोरोनालाई परास्त गरी १० दिन होम क्वारेन्टाइन बसिसकेका व्यक्तिलाई स्वयम् सेवकको रुपमा परिचालन गर्ने निर्णयको स्वागत गर्दै निसंक्रमितहरुले नगरपालिका संगको समन्वयमा अभियान संचालन गरेका छन् ।

नगरपालिका विपत् व्यवस्थापन समितिले नगरभित्र रहेका कोराेना जितेर आएका संक्रमितहरुलाई नगर भित्र होम आइसाेलेशनमा रहेका संक्रमितहरुलाई मनो परामर्शदाताको रुपमा नियुक्ती गरी अभियान संचालन गर्ने निर्णय गरिएको विपत् व्यवस्थापन समिति संयोजक तथा कावासोती नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिनुभयो ।

रजहरमा रहेको अस्थाई कोभिड अस्पतालमा समेत आइसाेलेशन भरिएकोले नयाँ संक्रमितहरुलाई अहिले होम आइसाेलेशनमा राखिएको, नगरको स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारी समेत कोरना संक्रमित देखिएकोले निसंक्रमितहरुद्धारा परामर्श प्रदान गरिएको हाे । संक्रमित भइ आइसाेलेशनमा बसेका व्यक्तिबाट परामर्श प्रदान गर्दा बुझाउन र संक्रमितले बुझ्न समेत सहज भएको, परामर्श प्रदान गरेपछि समाजमा समेत संक्रमितलाइ हेर्ने दृष्टिकोणमा समेत फरक आएको, अभियान प्रभावकारी भएको अभियानकर्मीले बताएका छन् ।

संक्रमित परिवारको घरमा पुगि उनीहरुलाई परामर्श प्रदान गर्दा आन्नद प्राप्त भएको, संक्रमित भएर होम आईशोलेशनमा बसेकाहरुले निको भई आएर अनुभव बाड्दै हिड्दा आफुहरुमा पनि हौसला बढ्नुका साथै हर्षित महशुस भएको जिल्लाकै पहिलो संक्रमित पत्रकार तथा रेडियो सामर्थ्यका प्रवन्ध निर्देशक सागर पोखरेलले बताएका छन् । संक्रमितलाई आवश्यक स्वास्थ्य सामाग्री, आयुर्वेदिक अाैषधि र जडिवुटी सहित आफुहरुले देशकै उत्कृष्ट मानिने प्राकृतिक चिकित्सालयको आइसाेलेशनमा रहदा सिकाइ सहित घरदैलो अभियान गरेको संचार उद्यमी भरत शर्मा पोखरेलले बताएका छन् ।

निसंक्रमण भै स्वयंसेवी भावनाले थालेको अभियानका अभियानकर्मीले आयुर्वेदिक र जडीबुटीजन्य औषधि, मह, जलनेती गर्ने भाँडो र बाफ लिने भाँडो संक्रमितलाई उपलब्ध गराएका छन् । नगर क्षेत्र भित्र संचालन गरिएको अभियान समाजका लागि उदाहरणीय कार्य रहेको भन्दै संक्रमितलाई प्रदान गरिने सामाग्रीहरु स्वतस्फुर्त रुपमा सहयोग गरेका छन् ।

नगरपालिका र प्राकृतिक चिकित्सालय रजहरले जडीबुटीजन्य औषधि ( अश्वगन्धा, गुडुची) उपलब्ध गराएको छ । संक्रमण पुष्टि भएपश्चात् प्राकृतिक आईशोलेशन रजहरबाट संक्रमणमुक्त भई फर्किएका सामाजिक क्रियाकलापमा संलग्न पत्रकारहरु सागर पोख्रेल, अर्जुन अविरल, रमेश बस्ताकोटी र संचार उद्यमी भरत पोख्रेल सहित कावासोती नगरपालिकाका बिपत् व्यवस्थापन समिति सहितकाे घरदैलो अभियानमा सहभागिता रहेको छ ।

You might also like
Loading...