कञ्चनपुर सीमा क्षेत्रमा माछा मार्न गएका नेपाली भारतीयकोे नियन्त्रणमा

96







कञ्चनपुर । माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई हिजो साँझ अज्ञात स्थलतर्फ लगेका छन्। ।

बेलडाँडी गाउँपालिका– ५ नजिकको खल्लाबाट चार जना नेपालीलाई भारतीयले नियन्त्रणमा लिएका हुन । सीमास्तम्भ नम्बर ७८५/२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्र्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्र्षीय मानबहादुर सुनार र ४० वर्र्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेका हुन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही रु २० हजार फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बीओपी बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । बीओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गंगादत्त बोगटीको कमान्डमा गएको सात जनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ ।

उनले भने, ‘भारतीयहरुले नियन्त्रणमा लिएका व्यक्तिहरुबारे खोजि गरिरहेका छौँ ।

You might also like
Loading...