नारायणी नदीको सतहले खतराको तह पार गर्‍यो, सतर्क रहन प्रशासनको आग्रह

347







अविरल वर्षा सँगै नाराययणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। बिहीबारदेखि निरन्तर वर्षा भएपछि नारायणीमा पानीको बहाब बढ्दै गएको हो ।

देवघाट क्षेत्रमा नदीको सतहले खतराको तह पार गरिसकेको छ भने नारायणगढ क्षेत्रमा सतर्कताको तह पार गर्दै खतराको तहतर्फ उन्मुख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देवघाट क्षेत्रमा पानीको सतह ८.३ मिटरमा पुगेको छ। जबकी ७.३ मिटरलाई सतर्कता तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ।

नारायणगढको पुल्चोकस्थित नारायणी नदीको पुलमा पानीको सहत ११.३ मिटर पुगेको छ। ११ मिटरलाई सतर्कताको तह मानिन्छ। यहाँ पानीको सतह खतराको तहतर्फ उन्मुख भइरहेको छ।

You might also like
Loading...