पहिरोले सिद्धार्थ र पृथ्वी राजमार्ग अवरुद्ध, वर्षाको बेला यात्रा नगर्न प्रहरीको अनुरोध





पाल्पा, भारी वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिक र तानसेन नगरपालिका–८ डुम्रेमा पहिरो खस्दा बिहानदेखि नै सडक अवरुद्ध भएको छ ।




सडक अवरुद्ध हुँदा सवारी साधन र तीनमा सवार यात्रु बीचमै रोकिएका छन् । यस्तै पाल्पाको रम्भा गाउँपालिका जामुनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । वर्षा नरोकिएका कारण पहिरो पन्छाउन केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

वर्षा भएको समयमा पाल्पा–बुटवल खण्डको सिद्धार्थ राजमार्गमा यात्रा नगर्न पाल्पा प्रहरीले अनुरोध गरेको छ ।




सम्बन्धित
Loading...