देशैभर वर्षा, गैडाकोट जलमग्न, नारायणीमा खतराको तह नाघ्यो





देशैभर दुई दिनदेखि लगातार वर्षा भइरहँदा देशका अधिकांश जिल्लाहरु बाढीपहिरोको चपेटामा परेका छन् । पहाडी क्षेत्रहरुमा गएको पहिरोले राजमार्ग लगायतका सडकहरु अवरुद्ध भएका छन् भने तराईका जिल्लाहरु डुबानमा परेका छन् ।

नवलपरासीपूर्व गैंडाकोट नगर क्षेत्र लगातारको वर्षाले गर्दा जलमग्न भएको छ । गैंडाकोटको मुख्य बजार क्षेत्र पुरै जलमग्न भएको छ ।




गैंडाकोट नगरपालिकाको वडा नम्बर २, ४, ५ र ८ मा जलमग्न भई पानी राजमार्ग भएर बगेको छ ।

यसअघिको वर्षातमा पनि डुबानमा परेको गैडाकोटमा पानीको दीर्घकालीन निकास नहुँदा गैंडाकोटको बस्ती क्षेत्र सधैँ डुबानमा पर्ने गरेको छ ।

नमुना बोर्डिङ स्कुलदेखि जनक माविबाट भित्र झपर्दी बस्ती, कालिगण्डकी चोक, वडा नम्बर ४ तर्फको मुख्य राजमार्ग छेउका पसलहरु पनि डुबानमा परेका छन् ।




सम्बन्धित
Loading...