सौराहामा खुले सबै सेवा,३० प्रतिशत छुट दिने तयारी


विदेशी पर्यटकलाई स्वागत गरेर विश्व पर्यटन दिबस मनाउदै आएका सौराहाका व्यवसायीले यस बर्ष भने सौराहाको पर्यटनमा कोरोना महामारीले पारेको असरका वारेमा समीक्षा गरेका छन ।




महामारीका कारण विदेशी पर्यटक नआएपछि व्यवसायीहरुले आइतवार अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी पर्यटनमा परेको असर र आगामी कार्यनीतिको विषयमा छलफल गरी दिवस मनाएका हुन । सौराहामा रहेका सम्पूर्ण सेवाहरु खुल्ला गरेका व्यवसायीहरुले एक हप्ता भित्र सेवामा ३० प्रतिशत छुट घोषणा गर्ने तयारी गरेका छन ।

क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराई सौराहा खुलेसंगै आन्तरिक पर्यटनको प्रर्बधन गर्न सेवामा ३० प्रतिशत छुट सहितको घुमौं सौराहा अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । सौराहाको पर्यटनलाई पुरानै अबस्थामा फर्काउन व्यवसायीहरुले दुई बर्षे कार्ययोजना बनाउने योजना बनाएको संघका अध्यक्ष भट्टराईले बताए ।




सन २०२० लाई होटल सरसफाई र मर्मत,२०२१ लाई गन्तव्यको पूर्वाधार निर्माण र प्रचार प्रसार गरी सन २०२२ को अन्त्य तिर सौराहाको पर्यटनलाई पुरानै अबस्थामा फर्काउने योजना रहेको संघका अध्यक्ष भट्टराईले बताए ।

सन २०२२ को मध्य तिर बार्षिक ३ लाख पर्यटक चितवन भित्र्याउने गरी होटलको सेवा सुधार,व्यवस्थापन,पूर्वाधार निर्माण र प्रचारप्रसारको कामलाई अगाडि बढाइने उनले बताए । असोज १ गतेबाट दोश्रो पटक खुलेको सौराहामा रात बस्ने पर्यटकको संख्या ज्यादै न्यून रहेको छ ।

६ महिना सम्म घरमै थन्किएका मानिसहरुलाई सौराहाको बसाइ लम्व्याउन कोरोना महामारीका बीचमा पनि सौराहाका सबै सेवा खुल्ला गरिएको महासचिव गुणराज थपलियाले बताए । सौराहामा पर्यटकलाई सफारी गराउन ६५ वटा हात्तीहरु सञ्चालनमा रहेका छन ।

कोरोना महामारी कायमै रहेका कारण सौराहा आउने पर्यटकका संख्यालाई मध्यनगर गरी ४२ वटा हात्ती सेवाको लागि तयारी अबस्थामा राखिएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए । दिवसको अबसरमा आयोजित कार्यक्रममा रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले आम्दानी गर्न भन्दा पनि सौराहाको पर्यटनलाई जोगाउन सौराहा खुल्ला गरिएको बताए ।

अहिले होटल र यहाँका सबै सेवा सञ्चालन गरेर नाफा कमाउने बातावरण छैन उनले भने यहाँको पर्यटकीय गन्तव्य जोगाउन पनि सौराहा खुल्ला गरेका हौं । कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले सौराहाको पर्यटनमा लागेको कालोबादल हटाउन स्थानीय सरकार र व्यवसायी बीचको सहकार्य बलियो हुनुपर्ने बताइन । अब सौराहा चलाउन एउटा स्पष्ट कार्यनीति चाहिन्छ उनले भनिन् त्यसका लागि स्थानीय सरकार र व्यवसायी बीचको निर्यायक छलफल हुन जरुरी छ ।

कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ,साना पर्यटन व्यवसायी संस्थाकी अध्यक्ष सरस्वती चालिसे,कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । विदेशी पर्यटकलाई विमान स्थल र बसपार्कमा स्वागत गरेर मनाउदै आएको पर्यटन दिवस यस बर्ष एउटा हलमा सिमित हुन पुगेको छ ।

कोरोना महामारीका कारण थलिएको पर्यटन र त्यसका सञ्चालकहरुले विदेशी पर्यटक नआएपछि महामारीले पारेको अबसर र प्रर्बधनको लागि आगामी गर्नुपर्ने कामहरुको विषयमा छलफल गरी ४१ औं पर्यटन दिवस मनाएका हुन। दिवसको अबसरमा सौराहाको गैंडाचोक र हात्ती चोकमा साझ दिप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको व्यवसायी समेत रहेका बाघमारा वनका अध्यक्ष तामाङले बताए ।




सम्बन्धित
Loading...