समुह अनुसार हेर्नसहोस

स्थानीय

भन्सार छली ल्याइएका ५६ हजार बराबरको कपडा नवलपुरमा बरामद

नवलपुर । पूर्वी नवलपरासीमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएका ५६ हजार रुपैयाँ बराबरको कपडा इलाका प्रहरी कार्यालय दुम्किबासले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका…

नवलपुरमा मानसिक अपाङ्गता भएकी १९ बर्षीया किशोरीलाई बलात्कार गर्ने ६२ बर्षीय पुरुष पक्राउ

रामकुमार श्रेष्ठ – नवलपुरमा मानसिक अपाङ्गता भएकी १९ बर्षीया किशोरीलाई बलात्कार गर्ने ६२ बर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी १ निवासी ६२ बर्षीय पुरुष सुकबहादुर विक जबरजस्ती करणी…

नवलपुरमा मगर दिवसमा सार्वजनिक विदा दिन माग

नवलपुर । फाल्गुन १५ गते परेको मगर दिवसको दिन नवलपुरमा सार्वजनिक विदा दिन नेपाल मगर संघ नवलपुरले माग गरेको छ । कतिपय पालिकाहरुले विदाको सूचना प्रवाह गरिसकेको भए पनि कतिपय पालिकाहरुले अझै वास्ता नगरेको भन्दै ४२ औं मगर एकता दिवसको…

नारायणी नदी किनारमा शव फेला

नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १२ शिख्रोलीघाट नारायणी नदी किनारमा गैडाकोट १२ हर्कपुर बस्ने ६५ बर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो ।…

१३ पटक जेल गएका झ्याइझ्याइ जेलबाट निस्केको ३ सातामा फेरि समातिए (भिडियो)

नवलपुरमा यस्तो चोर समातिएका छन् जो १३ पटक जेल गई सकेका छन् । कावासोती १० मगरकोट निवासी ४३ बर्षीय झ्याइझ्याइ नाम गरेको चोर पछिल्लो पटक जेलबाट निस्केको ३ साता पनि नवित्दै फेरि प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको हो । पछिल्लो समय…

कावासोतीको जनकल्याण माविमा नयाँ समिति गठन

कावासोती । पूर्वी नवलपरासीको कावासोती १ मा रहेको जनकल्याण माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । समितिको अध्यक्षमा आशा गैरे ब्लोन, सदस्यहरुमा नारायण पन्त, शुशिला कुमाल, लिला गाहा, यमबहादुर विक, भिमप्रसाद दर्जी, ओम थापा…

गैंडाको आक्रमणबाट कावासोतीका एक जना घाइते

देवचुली। देवचुली १० मा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट कावासोती १ बस्ने ६४ वर्षीय धनबहादुर गाहा मगर घाइते भएका हुन् । देवचुली र कावासोती जोडने लोकाहा खोलाको पुलमा हिडिरहेका गाहा मगरलाई बुधबार साँझ ६:३०…

नवलपरासीमा चरेस सहित १ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा लागुऔषध चरेस सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १४ चौपत्ता निवासी ३२…

नवलपुरका गुरुङ समुदायले मनाए म्हाँङी औंसी पर्व

२६ माघ , नवलपुर । नवलपुरका गुरुङ समुदायले महान पर्व म्हाँङी औंसी चाड मनाएका छन् । जिल्लाको कावासोती नगरपालिका ५ स्थित पेमा साम्डुङ छ्योइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमका बिच पर्व मनाएका हुन् । शुक्रबार तमुस्यो ह्युल छोँज धी…

गोही संरक्षणका लागि नवलपुरमा घडियाल काव्य उत्सव

कावासोती । पूर्वी नवलपरासीमा दुर्लभ घडियाल गोही संरक्षणका लागि २ दिने घडियाल काव्य उत्सव हुने भएको छ । नवलपुरको दलदलेमा रहेको ह्याप्पी एफएमको आयोजनामा माघ २८ र २९ गते घडियाल काव्य उत्सव हुने भएको हो । उत्सवको बारेमा जानकारी दिने आज…