नवलपुरको देवचुलीमा गैडा आतंक, आक्रमणमा परी ३ जना घाइते

0

नवलपुर (रजहर), २४ कात्तिक ।




नवलपुरको देवचुली नगरपालिकामा शनिबार गैडाकोट आक्रमणबाट ३ जना घाइते भएका छन् ।
शनिबार दिउँसो देवचुली नगरपालिकामा गैडाको आतंक मच्चिए पछि गाउँ नै त्रसित भएको थियो । गैडाको आक्रमणबाट ३ जना घाइते भएका छन् । त्यस्तै एउटा गोरु मरेको छ भने २ वटा कार र एउटा मोटरसाइकलमा क्षति पुगेको छ ।
स्थानीय बासिन्दा राजेन्द्र जिसीका अनुसार देवचुली ७ बस्ने ५६ वर्षका गंगाबहादुर सोमै, देवचुली १६ रजहर वजारका ५५ वर्षका दलबहादुर परियार र देवचुली २ का १२ वर्षका बालक शिषक भण्डारी घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा दुई जनाको र एक जनाको दलदलेको देवचुली अस्पतालमा उपचार भईरहेको रहजर प्रहरीले जनाएको छ ।




त्यस्तै बुटवलबाट नारायणघाट जादै गरेको बा ७ च ५६५४ नम्बरको कार सहित दुई वटा कार र एउटा मोटरसाइकलमा क्षति पुगेको छ ।
घाइतेहरुको टाउको, कम्मर, खुट्टामा चोट लागेको र घाइतेहरुको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।
गैडाको आक्रमणबाट देवचुली ४ का जितबहादुर सारुको गोरुको भने मृत्यु भएको छ ।

 




सम्बन्धित
Loading...