यूएईविरुद्धको अन्तिम एकदिवसीयमा नेपाल २ सय ५५ रनको लक्ष्य पछ्याउँदै


दाउन्ने न्यूज
कावासोती ।




यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले अहिले युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिड्ड शुरु गरेको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालसँगे युएईले पुरै ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको हो ।
आज एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा जित हात पार्दै सिरिज आफ्नो पक्षमा पार्ने नेपाली क्रिकेटको लक्ष्य रहेको छ ।
आज नेपाली टोलीमा एक सदस्य परिर्वतन भएको छ । टिममा सन्दीप जोरा आएका छन् । उनको सिरियर टिममा डेब्यू म्याच हो ।
पवन सरार्फलाई ड्रप गरिएको छ । उनले सुरुवाती दुई खेलमा मौका पाएका थिए ।
पारष खड्का र ज्ञानेन्द्र मल्ल खेलेका छन् । विनोद भण्डारी भने आउट भइसकेका छन् । पहिलो ५ ओभरको खेल सकिँदा सम्म नेपालले १९ रन जोडेको छ । विनोद भण्डारी १७ बल खेलेर ९ रन जोड्दै आउट भएका हुन् ।

पहिलो इनिड्डमा नेपालका लागि पारष खड्का र करन केसीले २/२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।

 




लाइभ भिडियो हेर्न

https://www.youtube.com/watch?v=WaxHVIkO2t4&fbclid=IwAR0kwcfsptxy-0z5A4eUkfUQLKTt_0mO_-paU_B9bw9zzAppCldpjKaHXH4

 




सम्बन्धित
Loading...