यौन दुव्यवहार गर्ने सहायक प्राध्यापकको राजिनामा


झापा । झापाको भद्रपुर स्थित मेची बहुमुखि क्याम्पसको विविएस प्रथम वर्षमा अध्ययनतर एक छात्रालाई यौन आसयसहित च्याट गरको पुष्टी भएपछि एक शिक्षकले राजिनामा दिनु परेको छ ।




मेची क्याम्पस भद्रपुरमा विगत २०७० सालदेखी अध्यापन गराउँदै आएका शरोज विष्टले राजिनामा दिनु परेको हो । विष्टले एकजना छात्रासँग आफुलाई यौन सम्पर्क गर्न दिए आफूले पढाउने विषय प्रिन्सिपल अफ मेनेजमेन्टको प्रश्नपत्र दिने भनि च्याट गरेको खुलेपछि विहिबार क्याम्पसमा विद्यार्थीहरु आन्दोलित भएका थिए ।

विद्यार्थीहरुले सहायक प्राध्यापक विष्टले माफि माग्नुपर्ने, क्याम्पसले उनलाई निलम्बन गर्नुपर्ने लगायतका माग राखेका थिए । विद्यार्थीहरु आन्दोलित भएपछि विष्टले आफूले उक्त च्याट गरेको स्विकार गर्दै राजिनामा दिएका थिए । विष्टले राजिनामा दिए लगत्तै क्याम्पस प्रमुख कमल गुरागाँईले राजिनमा स्विकृत गरेका थिए ।




विद्यार्थीहरुले विष्टले यसअघि पनि अन्य चार जना छात्राहरुलाई सोही आशयको च्याट तथा कमेन्ट गरेको आरोप लगाएका छन् । क्याम्पसमा माधक पदार्थ सेवन गरेर आएको भन्दै यसअघि उनी कारबाहीमा परिसकेको क्याम्पस प्रशासनले जनाएको छ ।

उनि विहिबार पनि क्याम्पसमा मादकपदार्थ सेवन गरेरै आएका थिए । विष्टले आफुले च्याट गरेको स्विकारेको र क्याम्पस प्रमूख गुरागाँईले राजिनामा स्विकार गरेको भिडियो सुरक्षित छ ।




सम्बन्धित
Loading...