शिव माविमा भुकम्प मापन यन्त्र जडान
कावासोती । भुकम्पबाट बच्न बचाउन र यसबाट हुने सम्भावित जोखिम कम गर्ने उद्देश्यले पुर्वी नवलपरासीको शिव नमुना माध्यमिक बिद्यालयमा भुकम्प मापन यन्त्र जडान गरिएको छ ।
शिव मावि कावासोतीले विद्यालयमा भुकम्प शिक्षा कार्यक्रम शुरु गरे पछि यहाँका विद्यार्थीले भुकम्प शिक्षाका बारेमा विद्यालयमा नै ज्ञान लिन सक्ने विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले बताए ।
विद्यालयमा जडान गरिएको सिस्टोमिटर जडानले भुकम्प आईसके पछि र कहाँ कसरी आयो, कुन ठाउँलाई केन्द्र बिन्दु बनाएर आयो भन्ने बिषयमा यसबाट पत्ता लाग्ने भुकम्प विद् शिव सुवदीले बताए ।
गण्डकी प्रदेशका २३ विद्यालयमा सिस्मोमिटर जडान गरिने र नवलपुर जिल्लाको शिव मावि जडान गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले बताए ।