प्रतापपुरमा पाँच दिने उद्घोषण तालिम

130








परासी । पश्चिम नवलपरासीको प्रतापपुर ६ जनजागृती माध्यमिक विद्यालयमा पाँच दिने उद्घोषण तथा क्षमता अभिबृद्धी तालिम सुरु भएको छ ।
प्रतापपुर गाउपालिका वडा नम्बर ६ को आयोजना तथा मानव विकास अध्ययन केन्द्र नवलपरासीको समन्वयमा तालिम सुरु भएको हो ।
मानव विकास अध्ययन केन्द्र नवलपरासीका अध्यक्ष वृजराज कुश्वाहाको अध्यक्षता तथा प्रतापपुर वडा नम्बर ६ का वडाध्यक्ष राम हरि उपाध्यायको प्रमुख आतिथ्यतामा सुरु भएको तालिममा बोल्दै उपाध्यायले तालिमलाई लिएपछी व्यवहारमा उतार्न सके मात्र तालिम लिएको सार्थक हुने कुरामाथि जोड दिए ।
कार्यक्रममा प्रतापपुर ८ का वडाध्यक्ष कादिर अलि असांरी, सिमा सुरक्षा बल झुलनीपुरका प्रहरी नायव निरीक्षक माधव पण्डित, गुठीपरसौनी प्रहरी चौकीका ईन्चार्ज घनश्याम रिमाल, मानव विकास अध्ययन केन्द्रका सल्लाहकार मोती पंगेनी, स्थानीय समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागी रहेको केन्द्रका अध्यक्ष वृजराज कुशवाहाले जानकारी दिए ।



You might also like
Loading...