क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बुटवलमा, महासचिव वैद्यले सम्मेलनको उद्घाटन गर्ने

262








बुटवल । क्रान्तिकारी पत्रकार महासंघको दोस्रो राष्ट्रिय सम्मेलन भोलि बुटवलमा हुने भएको छ ।
जेठ १६ र १७ गते बुटवलमा हुने क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीको हलमा हुने छ ।
सम्मेलनको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । महासचिव वैद्य बुधबार नै बुटवल आउने जनाइएको छ ।
सम्मेलनमा देशभरबाट दुई सयबढी प्रतिनिधि सहभागी हुने सचिव रामकुमार श्रेष्ठले बताए ।
सम्मेलन पूर्व क्रान्तिकारी पत्रकार महासंघले ६ वटै प्रदेशमा प्रदेश भेला गरेको र कतिपय जिल्लाहरुमा जिल्ला भेला समेत गरेको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले बताए ।
सम्मेलनमा जिल्ला र प्रदेशबाट ३र३ जना प्रतिनिधि र २÷२ पर्यवेक्षक छनौट गरेको छ । प्रदेशहरुमा भने महासंघले पेशागत र जनअधिकारका मुद्दाहरुलाई लिएर मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सकिने छ । सम्मेलनको नारा ‘साम्राज्यवादी भूमण्डलीकरणका विरुद्ध जनपक्षीय सञ्चारका निम्ति हाम्रो आन्दोलन १, पूर्ण प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा र जनगणतन्त्रका पक्षमा दोस्रो राष्ट्रिय सम्मेलन ११’ भन्ने मूल नारा तय गरेको छ ।



You might also like
Loading...