युनाईटेड गोल्डकपः चितवनसँग डण्डा पराजित

166








दिपेन्द्र रेग्मी,
कावासोती, १० भाद्र । युनाईटेड युवा क्लवको आयोजनामा नवलपरासीको गिरुवारीमा जारी युनाईटेड गोल्डकपको आजको खेलमा ४ ब्रदर्श चितवन विजयी भएको छ ।
नवलपुरको हुप्सेकोट ३ गिरुवारीमा रहेको सरस्वती सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा भएको प्रतियोगितामा सनलाईट सामुदायिक विकास केन्द्र डण्डा ४ ब्रदर्श चितवनसँग ०–५ गोल अन्तरले पराजित भएको हो ।


चार ब्रदर्श चितवनले डण्डालाई शुन्यका विरुद्ध ५ गोलले पराजित गरेको छ ।
यसैबीच भोली १६ नम्बर फुटबल क्लव र आयोजक यूनाइटेड युवा क्लव निलो बीच प्रतिस्पर्धा हुने आयोजक क्लवका कोषाध्यक्ष धन वहादुर तमुले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने, द्वितीय हुने टिमले नगद १ लाख २५ हजार सहित चेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
साथै प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने वा सेमिफाईनलबाट वाहिरिने २ वटा टिमलाई २० र २० हजार रुपैँया पाउने छन् ।
त्यस्तै सर्वाधिक गोल कर्ता र उत्कृष्ट खेलाडिलाई समेत नगद ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने खेल संयोजक ईश्वरी प्रसाद रेग्मीले वताए ।
प्रतियोगितामा २६ टिमको सहभागिता रहेको क्लवका सचिव गोकुल सारुले वताए ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताको फाईनल खेल भदौ ३१ गते हुनेछ ।






You might also like
Loading...