लागुऔषध बिक्रीको आरोपमा क्लिनिक संचालक पक्राउ

132








धनगढी : लागुऔषध तथा प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने क्लिनिक सञ्चालक पक्राउ परेका छन्।




कैलालीको लम्की चुहा नगरपालिका –४ बलियास्थित लक्ष्मी स्वास्थ्य क्लिनिकमा लागुऔषधी तथा प्रतिबन्धित औषधी फेला परेपछि क्लिनिक सञ्चालक  ३२ वर्षीय मेसक कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उक्त स्वास्थ्य क्लिनिकमा चेकजाँच गर्दा लागुऔषध तथा प्रतिबन्धित औषधि फेला परेको थियो।

उनले बिक्री गर्दै आएका लागुऔषध तथा प्रतिबन्धित औषधि प्रहरीले जफत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

 



You might also like
Loading...