कार्तिक २१ देखि बर्दघाटमा ब्यापार मेला





नवलपरासी, ७ कार्तिक । बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा चौथो बर्दघाट कृषि पर्यटन तथा औधोगिक ब्यापार मेला २०७६ हुने भएको छ । यहि कार्तिक २१ गते देखि मंसिर १ गते सम्म बर्दघाटको हरियालीनगरमा रहेको खुल्ला मैदानमा मेला आयोजना हुने पत्रकार मम्मेलन आयोजना गरी जानकारी गराईएको छ ।

यस अघि मेला लाग्दै आएको चिसापानीको खुल्ला मैदानमा दिर्घकालिन रुपमा मेला संचालन हुन नसक्ने र मेला स्थलको दिर्घकालिन ब्यबस्थापनका लागि हरियालीनगर उपयुक्त छनोट रहेको अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभएको छ ।




मेलामा स्थानिय स्तरका उत्पादन, कृषि, लघु उद्यम, तथा स्वदेशी उत्पादनको प्रवद्र्धन गरिने बताईएको छ । अघिल्ला बर्षहरुमा स्थानिय ब्यापारीहरुको सहभागिता कम भएकोले यसपटक सवैलाई सहज हुने गरी उद्योग बाणिज्य संघमा आवद्ध सदस्यहरुका लागि ६० प्रतिशत छुटको ब्यबस्था गरिएको बताईएको छ ।

यसपटक विभिन्न जात जातिहरुका भेष भुषा र संस्कृति झल्किने झंकीहरु परम्परागत कृषि औजारको प्रदर्शनी, कृषि उत्पादन सहितको छुट्टै कृषि जोनको ब्यबस्था हुनेछ ।

नवलपरासी जिल्ला संगै बर्दघाट नगरपालिकालाई कृषि पर्यटन एवं औधोगिक जिल्लाको रुपमा परिचित गराउदै यस क्षेत्रको धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकिय र जैविक विविधताको संरक्षण तथा प्रचार प्रसार गरी समग्र आर्थिक तथा सामाजीक क्षेत्रको विकास गराउने मेलाको उद्देश्य रहेको छ ।

मेलाले उपभोक्ता विच स्वदेशी उत्पादनको पहिचान, उद्योगी ब्यबसायी र उपभोक्ता विच प्रत्यक्ष सम्बन्धको विस्तार गर्ने अपेक्षा लिईएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

मेलामा दैनिक उपभोग्य बस्तु तथा सेवा, साना तथा घरेलु् उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, औघोगिक मेसिनरी तथा उपकरण, हस्तकला उत्पादन, अटोमोबाईल्स, ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रिकल्स, मोबाईल सुचना प्रविधि, फर्निचर तथा फर्निसिङका सामाग्री, निर्माण सामाग्री लयायतका स्टलहरु रहनेछन् ।शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेन्ट, बाल उद्यान तथा ख्यातिप्राप्त र स्थानिय कलाकारको प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।

मेलामा २ सय वटा स्टल रहने छ । मेला संचालनका लागि ५० देखी ५५ लाख खर्च हुने र ३ करोड बराबरको आर्थिक कारोबार हुने बताईएको छ ।कार्तिक २१ देखि बर्दघाटमा ब्यापार मेला

नवलपरासी कार्तिक ७

बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा चौथो बर्दघाट कृषि पर्यटन तथा औधोगिक ब्यापार मेला २०७६ हुने भएको छ । यहि कार्तिक २१ गते देखि मंसिर १ गते सम्म बर्दघाटको हरियालीनगरमा रहेको खुल्ला मैदानमा मेला आयोजना हुने पत्रकार मम्मेलन आयोजना गरी जानकारी गराईएको छ ।

यस अघि मेला लाग्दै आएको चिसापानीको खुल्ला मैदानमा दिर्घकालिन रुपमा मेला संचालन हुन नसक्ने र मेला स्थलको दिर्घकालिन ब्यबस्थापनका लागि हरियालीनगर उपयुक्त छनोट रहेको अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभएको छ ।

मेलामा स्थानिय स्तरका उत्पादन, कृषि, लघु उद्यम, तथा स्वदेशी उत्पादनको प्रवद्र्धन गरिने बताईएको छ । अघिल्ला बर्षहरुमा स्थानिय ब्यापारीहरुको सहभागिता कम भएकोले यसपटक सवैलाई सहज हुने गरी उद्योग बाणिज्य संघमा आवद्ध सदस्यहरुका लागि ६० प्रतिशत छुटको ब्यबस्था गरिएको बताईएको छ ।

यसपटक विभिन्न जात जातिहरुका भेष भुषा र संस्कृति झल्किने झंकीहरु परम्परागत कृषि औजारको प्रदर्शनी, कृषि उत्पादन सहितको छुट्टै कृषि जोनको ब्यबस्था हुनेछ ।

नवलपरासी जिल्ला संगै बर्दघाट नगरपालिकालाई कृषि पर्यटन एवं औधोगिक जिल्लाको रुपमा परिचित गराउदै यस क्षेत्रको धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकिय र जैविक विविधताको संरक्षण तथा प्रचार प्रसार गरी समग्र आर्थिक तथा सामाजीक क्षेत्रको विकास गराउने मेलाको उद्देश्य रहेको छ ।

मेलाले उपभोक्ता विच स्वदेशी उत्पादनको पहिचान, उद्योगी ब्यबसायी र उपभोक्ता विच प्रत्यक्ष सम्बन्धको विस्तार गर्ने अपेक्षा लिईएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

मेलामा दैनिक उपभोग्य बस्तु तथा सेवा, साना तथा घरेलु् उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, औघोगिक मेसिनरी तथा उपकरण, हस्तकला उत्पादन, अटोमोबाईल्स, ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रिकल्स, मोबाईल सुचना प्रविधि, फर्निचर तथा फर्निसिङका सामाग्री, निर्माण सामाग्री लयायतका स्टलहरु रहनेछन् ।शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेन्ट, बाल उद्यान तथा ख्यातिप्राप्त र स्थानिय कलाकारको प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।

मेलामा २ सय वटा स्टल रहने छ । मेला संचालनका लागि ५० देखी ५५ लाख खर्च हुने र ३ करोड बराबरको आर्थिक कारोबार हुने बताईएको छ ।




सम्बन्धित
Loading...