आपसी मनमुटावका ढुंगाले हानेर श्रीमतिको हत्या




सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ खोरिया बस्तीमा श्रीमान श्रीमतिबीच आपसी मनमुटाव बढेपछि श्रीमानले श्रीमतिको ढुंगा प्रहार गरी हत्या गरेका छन् ।
खोरिया बस्तीका ३१ वर्षीय अर्जुन राईले गएराति श्रीमती २३ वर्षीया बीना राईलाई सेउती खोलाको निर्माणाधीन पुल नजिकै डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । । धरान–५ पानवारी माइती बस्दै आएकी बीना बुधबार मात्रै घर आएकी थिइन् ।
एकअर्कामा अविश्वास बढेपछि चर्किएको विवाद हत्यासम्म पुगेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।
घटनालगत्तै प्रहरीले अर्जुनलाई गएराति नै साढे ११ बजे बाँझोगरा सामुदायिक वन नजिकको सेउती खोला पुलमुनि लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरूबीच लामो समयदेखि मनमुटाव थियो । त्यही मनमुटाव नै पत्नीको हत्यासम्म पुगेको हो । उनीहरुको एक ६ वर्षीया छोरी छिन् ।



सम्बन्धित
Loading...