समाचार महरा आजपनि थुनामै रहने, थुनछेक बहस शुक्रबार

निवर्तमान सभामुख कृष्णबहादुर महरा बिहीबार पनि थुनामै रहने भएका छन् । बिहीबार सरकारी वकिलको कार्यालयले उनीमाथि दर्ता गराएको जबर्जस्ती करणी उद्योग अन्र्तगतको अभियोग पत्रबारे जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस नभएपछि उनी थुनामै बस्ने भएका हुन् ।
थुनछेक बहस भोली शुक्रबार मात्र हुने जिल्ला अदालत काठकाडौंका सरकारी वकिल सुदर्शन पौडेलले जानकारी दिए ।
‘आज अभियोग पत्र दर्ता भएको छ । भोली ओरोपिकाे बयान लिइने र त्यस लगत्तै थुनछेक बहस हुनेछ,’ पौडेलले शिलापत्रलाई बताए ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरालाई १९ असोजमा पक्राउ गरिएको थियो । महरामाथि अनुसन्धान सकेर ८ कात्तिकमा प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।