नहरमा डुबेर बालकको मृत्यु


कात्तिक १७, २०७६




कञ्चनपुर : जिल्लाको बेदकोट नगरपालिका १० स्थित महाकाली सिँचाइको नहरमा डुबेर शनिबार साँझ छ वर्षीय बालक रमित ओझाको मृत्यु भएको छ।

नहरमा नुहाउनका लागि गएका बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर चन्दले बताए।


साँझ चार बजे नहरमा डुबेर बेपत्ता भएका बालकको स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा साँझ अवेर शव फेला परेको थियो।




सम्बन्धित
Loading...