भारतीय कुस्तिवाजको नेपालमा भिडन्त

महिलाले हेर्दैनन कुस्ति





नारायण शर्मा –

नवलपरासी । नवलपरासीमा भारतीय कुस्तिवाजहरुको भिडन्त भएको छ ।
त्रिवेणी सुस्ताको ठाडिघाटमा कार्तिक पुर्णीमाको अबसरमा मंगलवार भएको बिराट कुस्ती प्रतियोगिताको उपाधि भारत हरियाणका बब्बि यादबले जितेका छन ।
ठाडिघाट स्थितनारायणी नदीको किनारमा भएको भब्य (बिराट दंगल) कुस्ति प्रतियोगितामा बब्बिले भारत वनारसका सम्सेर सिंहलाई पछारेर बिजयी भएका छन । सम्सेरलाई बब्बिले ७ मिनेटको समयमा २ पटक पछारेर बिजयी भएका हुन् ।
तृतिय पुरस्कार २ जनाले पाएका छन । भारत गोरखपुरका पवनहाटा पहलमान र महाराजगंज जिल्लाका गोल्डेन पहलमान तृतीय भएका हुन् ।
प्रथम र द्धितियलाई क्रमश २५ हजार नगद, टेलिभिजन र १५ हजार नगद र टेलिभिजन सेट प्रदान गरिएको छ । तृतीय हुने दुबैले नगद १० हजार र साइकल पाएका छन ।





हरेक वर्षको कार्तिक पुर्णिकामा दिन सुस्ता गाउपालिका वडा नम्बर ५ नारायणी नदीको किनारमा आयोजना गरिने कुस्ति प्रतियोगितामा भारतीय कुस्तिवाजहरुको भिडन्त हेर्न नेपाल भारतका हजारौ दर्शक भेला हुने गर्छन् ।
यस पटकको कुस्तिमा भारतका २८ पहलमानहरुले भाग लिएका थिए ।
ठाडिघाट मेला ब्यबस्थापन समितिले कुस्ति आयोजना गरेको हो । भिडन्तमा उत्रेका कुस्तिवाजलाई दर्शकहरुले आफु खुशि थप नगद दिने चलन रहेको स्थानीय अंगद यादब बताउछन ।
आयोजकले अर्को वर्ष कार्तिक पुर्णिमा आयोजना गरिने कुस्ति प्रतियोगितामा प्रथम हुनेलाई १ लाख नगद दिने घोषणा गरेका छन ।

महिलाले हेर्दैनन कुस्ति

यहाँ आयोजना हुने हरेका वर्षको कुस्ति महिलाहरुले हेर्दैनन । १० हजार दर्शक भेलाहुने गरेपनिमहिलाको उपस्थिती सून्य रहन्छ । कस्ति बजरंग बलीहनुमानको खेलभएको र त्यस्तो लडाइ महिलाहरुले हेर्न नहुने स्थानीयको भनाई छ । निशुल्क हेर्न पाइने भए पनि कोही महिला कुस्ति हेर्न आउदैनन् सुस्ताका रोज मिया भन्छन कुस्तिमा पहलमानहरु भिडने भएकाले महिलाहरु हेर्न आउदैनन ।




सम्बन्धित
Loading...