पाँचथरमा टिपर दुर्घटना‚ चालकसहित दुईजनाको मृत्यु





निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा रसुवा कन्सट्रक्सन प्रालिको बा २ ग २९२० नम्बरको टिपर चालक धादिङ घर भएका करिब २६ वर्षीय विनोद तामाङ र कन्सट्रक्सनकै पूर्वकर्मचारी हिलिहाङ–१ अमरपुरका २२ वर्षीय भीम तामाङ रहेका छन्।

हिलिहाङकै सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा सालिङ्गे ठाउँमा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए।




दुर्घटना मंगलबार राति साढे ८ बजेतिर भएको हो। दुर्घटनामा मृत्यु भएका भीम भने हालै नेपाली सेनामा भर्ती भएका थिए। उनी यसअघि रसुवा कन्सट्रक्सनमै स्टोर किपरको रुपमा कार्यरत रहेको र बरबुझारत गरेर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

 




सम्बन्धित
Loading...