बंगलादेशका राष्ट्रपति आज औपचारिक छलफल र भेटघाटमा व्यस्त

117







नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदका सबैजसो महत्वपूर्ण तथा औपचारिक भेटघाट र भ्रमणका कार्यक्रम आजका लागि तय गरिएका छन् । आज बिहान १०ः५० देखि ११ः०५ सम्म राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग भेटघाट कार्यक्रम, ११ः१० देखि ११ः२५ सम्म नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम तय थियो ।
यसैगरी दिउँसो २ बजेबाट २ः१५ बजे सम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्ने कार्यक्रम रहेको छ ।
२ः४० देखि ३ः१० सम्म राष्ट्रपति हमिदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।
३ः१५ बाट ३ः३५ बजेसम्म उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले भेट्ने कार्यक्रम रहेको छ ।


४ः३० देखि ५ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग बैठक गर्नेछन् ।
साँझ ५ः१५ मा उनी म्यारिएट होटलमा फर्कनेछन् ।
साँझ ६ः१५ मा उनी विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रिभोजका लागि होटल याक एण्ड यति तर्फ प्रस्थान गर्नेछन् ।
रात्रिभोजको कार्यक्रम ६ः३० बजेबाट ९ बजे सम्म रहेको छ ।
राती ९ः१० बजे होटल म्यारिएट फर्कनेछन् ।


You might also like
Loading...