माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

354







बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ की रिङकल विकको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आफ्ना श्रीमान र बुवासँग बर्दघाट १४ को खजुरा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते उनको उपचारको लागि बर्दघाटको चौपत्तामा रहेको सहिद स्मृति अस्पतालमा उपचारको लागि लगिएकोमा डाक्टरले बाटोमा नै मृत्यु भएको घोषणा गरेका थिए ।




You might also like
Loading...