वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई १३ लाख विमा रकम हस्तान्तरण





कावासोती । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कावासोती -७ का कृष्ण प्रसाद पंगालीको परिवारलाइ आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनीले बिमा बापतको रकम प्रदान गरेको छ ।

वैदेशिक रोजगारीका लागि मलेसियामा रहँदा बिरामी भइ नेपाल फर्किएका पंगालीको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारलाई “वैदेशिक रोजगार म्यादी बिमा” बापतको १३ लाख रुपैयाँ प्रदान गरिएको हो ।




आइ एम इ कावासोती शाखा प्रमुख पिताम्बर पाण्डेले मृतक पंगालीकी श्रीमती साबित्री पंगालीलाइ १३ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

बिमा रकम हस्तान्तरण कार्यक्रममा कावासोती नगरपालिका वडा नं ७ का वडाध्यक्ष नन्दकुमार गुरौ वडा नं १३ का वडाध्यक्ष बिनोद राना , नवलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ओम प्रसाद पौडेल लगायतका को उपस्थिति रहेको आइ एम इ लाइफ इन्स्योरेन्स रजहर उपशाखाका प्रमुख गगन न्यौपानेले जानकारी दिनुभयो ।




सम्बन्धित
Loading...