राष्ट्रपतिलाई साक्षी राखेर अधिकार बाँडफाँडबारे ओली–प्रचण्ड छलफलमन्त्रीको सूचीबारे राष्ट्रपतिसँग हिजो नै छलफल

149







नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्या भण्डारीलाई साक्षी राखेर अधिकार वाँडफाँडका बिषयमा छलफल गरेका छन् ।

सहमतिमा निर्णय गर्ने गरी प्रचण्डलाई कायृकारी अध्यष दिन तयार भएका ओलीले राष्ट्रपति भण्डारीसँग बसेर प्रचण्डलाई आस्वास्त बनाएको श्रोतको दावी छ ।

मन्त्रिपरिषद सदस्य हेरफेरको लिष्ट बोकेर हिजो (मंगलवार) राष्ट्रपति कार्यालय पुगेका अध्यक्षद्धयवीच विगतको चार बुँदे सहमतिको कार्यान्वयन, नयाँ सहमति लगायतका बिषयमा छलफल गरेका हुन् ।

आफुलाई लिखित अधिकार दिनुपर्ने माग गर्दै आएका प्रचण्डलाई आस्वास्त पार्न प्रधानमन्त्रीले राष्ट्रपतिलाई साक्षी राखेर आफुले प्रचण्डलाई बिस्वास गरेको संकेत दिएको उच्च श्रोतको दावी छ ।

लिखित सहमतिकै पक्षमा रहेका प्रचण्डले यो छलफलपछि आफुले पाउन लागेको अधिकारबारे आस्वास्त भएपनि लिखित सहमतिमै जोड दिइरहेको श्रोतको दावी छ ।

तर प्रधानमन्त्रीले मन्त्रिपरिषद सदस्य हेरफेरपछि पुनः छलफल गर्ने बताएका छन् । अध्यक्षद्धयको सल्लाहपछि आज साढे १२ बजे बस्ने सचिवालय बैठकबाट मन्त्रीको अन्तिम नाम अनुमोदन हुदैछ ।

सचिवालय बैठक लगत्तै मन्त्री हेरफेर हुने भनिएपनि कसले कुन मन्त्रालय पाउँदैछन् भन्ने बिषय भने अध्यक्षद्धयले अझै गोप्य राखेका छन् ।



You might also like
Loading...