गौरीफन्टा नाकाबाट बेचिएका दुई युवतीको उद्दार

130







माईती नेपाल कैलालीले गौरीफन्टा नाकाबाट दुई युवतीको उद्दार गरेको छ । विवाह गर्ने प्रलोभन देखाएर भारत लैजादै गरेको अवस्थामा दुई युवतीको उद्दार गरिएको माईती नेपालले जनाएको छ ।

माईती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले भारत लैजादै गरेको अवस्थामा गौरीफन्टा नाकाबाट बैतडीको सिगास गाउँपालिकाकी २० वर्षीया रेखा (नाम परिवर्तन) र डोटीको सायल गाउँपालिकाकी १८ वर्षीया मधु (नाम परिवर्तन) को उद्दार गरिएको जानकारी दिए ।


रेखालाई बझाङका रमेश बोहोराले विवाह गर्ने प्रलोभन देखाएर बेचबिखनका लागि भारत लैजाने क्रममा उद्दार गरिएको हो । बोहोरा भने फरार भएका छन् ।

सायलकी विवाहित १८ वर्षीया मधुले भने को मार्फत भारत गईरहेको भन्ने कुरा नखुलाएकाले सोधपुछ गरिरहेको चौधरीले जानकारी दिए ।

दुवैजनाको घर परिवारसँग सम्पर्क भईसकेकाले आफन्तको जिम्मा लगाईने माईती नेपालले जनाएको छ । तर उनीहरुलाई बेचबिखनका लागि भारत लगिदै गरेको आशंका गरिएको छ ।


You might also like
Loading...