कानुनका विद्यार्थीहरुबीच अन्तरक्रिया


  • रामकरण हरिजन



परासी । सुनवलमा रहेको महाकवि देवकोटा माध्यामिक विद्यालय र बर्दघाटमा रहेको न्यू लाइफ माध्यामिक विद्यालयमा कानुन विषय अध्ययनरत विद्यार्थीहरु बीच अन्तरक्रिया भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि महाकवि देवकोटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले विद्यार्थीहरुको सिकाइमा गुस्तरीयता हुनु पर्ने बताए ।
वर्तमान समयमा शिक्षण क्रियाकलापलाई प्रविधि मैत्री र व्यवहारीका हुनुपर्ने बताउदै अर्यालले देवकोटाले पनि आफुलाई प्रविधि मैत्री र व्यवहारीका शिक्षण सिकाइमा अग्रसर बनाउदै अगाडि बढेको बताए ।
कार्यक्रममा महाकवि देवकोटाका सहायक प्रधानध्यापक डिल्लीराम शर्माले अन्तरक्रिया कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने बताए । कार्यक्रम माथि प्रकास पार्दै शिक्षक प्रकाश न्यौपानेले नवलपरासी जिल्लामा कानुन विषय संञ्चालनमा रहेको दुई विद्यालय देवकोटा र न्यू लाईफका विद्यार्थीहरु विच विद्यार्थी केन्द्रित सिक्षण सिकाइ गर्न कार्यक्रम गरिएको बताए ।
महाकवि देवकोटा मा.वि. सुनवलमा कक्षा ११ का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सोही विद्यालयका कक्षा १२ र न्यू लाइफ मा.वि. कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरु बीच अन्तक्रिया भएको हाृ ।
महाकवि देवकोटा मा.वि. सुनवलमा कक्षा ११ की छात्रा ममता शाहानीको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य इशा कार्कीले गरेका थिए । कार्यक्रम सञ्चालन शर्मिला गोर्खालीले गरेका थिए ।



सम्बन्धित
Loading...