अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो


काठमाडौं । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो ।



प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य ११ जना घाइते छन् ।




घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ ।

मृतक र घाइतेको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको नेतृत्वको टोली उद्दारका लागि खटिएको छ ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको हो।



सम्बन्धित
Loading...