महिला अधिकार मञ्च कावासोतीमा गीता पाण्डे
कावासोती । आज कावासोतीमा कावासोती नगरपालिका स्तरीय महिला अधिकार मञ्चको मञ्चको दोस्रो नगर भेला भएको छ ।
माझी मुसहर बोटे कल्याण सेवा समितिको सभा हलमा बसेको भेलाले पुरानो समितिलाई विगठन गरी नयाँ कार्यसमिति चयन गरेको हो ।
भेलाले अध्यक्षमा गीता पाण्डे, उपाध्यक्ष विष्णु दर्जी, सचिवमा नर्वदा रानाभाट, सहसचिवमा शोभा जि.सी., कोषध्याक्ष्यमा दैपति गुरौं चयान गरेको छ ।
त्यस्तैगरी सदस्यहरुमा सूर्य कुमारी महत्तो, धना पौडेल, आशा बोटे, तुलसी माया महत्तो, विमला चौधरी, हिरा बस्याल, तेजु महत्तो र संस्थापक कल्पना गौतम गरी १३ कार्यसमिति चयन गरेको छ ।
कावासोती नगरपालिका स्तरी महिला अधिकार मञ्चको अध्यक्ष विमला चौधरीको अध्यक्ष्यतामा केन्द्रिय महिला अधिकार मञ्चको सदस्य कल्पना विन्दु गौतमको प्रमुख आतिथ्याता भेला भएको थियो ।