आज सातौँ नेपाली टोपी दिवस
विगत ६ वर्षदेखि अंग्रेजी महिनाको १ जनवरीलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिएको छ । सोहीअनुसार बुधबार सातौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै छ । नेपाल टोपी प्रतिष्ठानले नेपाली टोपीलाई अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउन बुधबार शिरमा टोपी लगाएर भव्य रूपमा मनाउन आग्रह गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष शंकर बञ्जाडेले जारी गरेको विज्ञप्तिमा अभियानलाई थप व्यापक र व्यवस्थित बनाउने उद्देश्यले हालसम्म ३९ देशमा शाखा गठन भइसकेको र थप गठन हुने प्रक्रियामा रहेको जनाएका छन् ।
यसैबीच कावासाेतीमा पनि नवलपुर एफएमका आयाेजना प्रभातफेरि र शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ ।
