लागुऔषधसहित २ युवा पक्राउ
नवलपुर . पुर्वी नवलपरासीको देबचुली नगरपालिका ५ धौलागिरी चोक स्थित पूर्ब पश्चिम राजमार्गमा चेकजाँचका क्रममा लागुऔषध सहित २ युवा पक्राउ पर्ेका छन् ।
पश्चिमबाटपूर्बतर्फ जादैँ गरेको ना २० प५२०० नं. का मोटरसाइकललाई चेकजाच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार गरेका जिल्ला चितवन भरतपुर महानगरपालिका. १४ बस्ने २० को सुरज लामिछाने र सोही ठाउँका २५ बर्षीय दिबस पौडेललाई पक्राउ परेको नवलपुर प्रहरीले जनाएका छन् ।
उनीहरुको साथबाट नाईट्रोभ्याट २१ पत्ता अथार्त ३ सय १५ ट्याब्लेट लागुऔषध र तिनीहरुको मोटरसाइकल सहित पक्राउ गरिएको हो ।
