हिन्दुले पेलेः नेशनल मंगोल अर्गनाइजेशन
नवलपरासी । नेशनल मंगोल अर्गनाइजेशनका केन्द्रिय अध्यक्ष बुद्धिलाल मेचे बाहुन क्षेत्री र हिन्दु धर्मावलम्वीहरुले आफूहरुलाई अन्यायमा पारेको बताएका छन् ।
बुधबार नेशनल मंगोल अर्गनाइजेसनको राष्ट्रिय एकता सभा तथा नवलपुर जिल्लाको अधिवेशनलाई सम्बोद्धन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा हिन्दु अतिवादीहरुले अन्य धर्मावलम्वीहरुलाई हेपेको दावी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले धोका दिएको पनि आरोप लगाए ।
आफूहरु जनजाति नभई मंगोल भएको दावी गर्दै बाहुन क्षेत्री आदिवासी जनजाति भएको र आदिवासी जनजातिको नाममा केही मंगोलले डलर पचाउने खेलो गरेको आरोप समेत लगाए ।
कार्यक्रम अघि कावासोतीमा उनीहरुले नाराबाजी सहित नाराबाजी निकालेका थिए ।
