कञ्चनपुरमा सडक अवरुद्ध


कञ्चनपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बेदकोट नगरपालिकाको दैजी क्षेत्रमा स्थानियले राजमार्ग अवरुद्ध पारिएको छ ।
मंगलवार राती कृष्णपुर नगरपालिका–५ को आमखैया जंगलमा युपी १७ एटी १०६६ नम्बरको भारतिय मिनिबसको ठक्करबाट म २ प ९०२७ नम्बरको मोटरसाइकलका चालक बेदकोट नगरपालिका–३ का ४४ वर्षिया जयबहादुर रानाको मृत्यु भएको थियो ।
रानाको मृत्यूको विरोधमा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै मृतकका परिवार र स्थानीयले सामा दैजीमा बिहानैदेखि मृतकका परिवार तथा स्थानीयहरुले कारबाही तथा क्षतिपूर्तिको माग गर्दै टायर बालेर सडक जाम गरेका छन् । अवरुद्ध पारिएको राजमार्ग सडक खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब यपरिक्षक रविन्द्र पौडेलले बताए ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध हँुदा महेन्द्रनगरबाट लामो दुरी र छोटो दुरीका सवारी साधनहरु ठप्प बनेका छन । सडक अवरुद्ध पारिएको दैजी क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



सम्बन्धित
Loading...