सीपी मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर


नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् ।




महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो ।

उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजन चापागाई‌ले जानकारी दिए ।




मैनालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झापाबाट मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो । उनीहरू सबैजना घाइते भएका छन् ।

दुर्घटनामा परि मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका हुन् ।

मैनालीको टाउको र शरीरको अन्य भागमा चोट लागेको छ भने बुहारी पुजाको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

घाइते मैनालीलाइ थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाैं ल्याउने तयारी भइरहेको छ ।




सम्बन्धित
Loading...