पथरीमा ट्रक दुर्घटना, ५ गोरुसहित २ जनाको मृत्यु


पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लाबारी सडक खण्डमा शनिबार बिहान भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ ।




पूर्वपश्चिम राजमार्गअन्तर्गत हरियाली सामुदायिक वननजिकै भएको दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–११ का २८ वर्षीय अजय अधिकारी र सोही ठाउँका ३० वर्षीय अंकित जियनको मृत्यु भएको हो ।

शनिबार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश नं. १–०२–००१–ख ८०९१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना८ख ६७ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो ।




उक्त दुर्घटनामा ठक्कर दिने ट्रकका चालक अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो भने ट्रकका सहचालक जियनको झाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।

ठक्कर खाने ट्रकमा भने समान्य क्षति पुगेको भए पनि सोही ट्रकमा ओसार्दै गरिएका २८ वटा गोरुमध्ये ५ वटाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...