पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको आपत्ति


पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तर तहमा भर्ना आवेदनका लागि समय नसकिँदै अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि रोकिएको भर्ना आवेदन पुनः आह्वान नगरिएको भन्दै विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ ।




पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (पुसेट) प्राध्यापक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका आङ्गिक क्याम्पसबाहेक अन्य क्याम्पसमा विश्वविद्यालयका शैक्षिक कार्यक्रम थप हुने प्रक्रिया सुरु गरिएकोमा समेत ध्यानाकर्षण भएको जनाएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा विद्यापरिषदसमेत गठन नभएको अवस्थामा थप सम्बन्धन प्रक्रिया अघि बढाउनु नियमविपरीत हुने भन्दै त्यस्ता कार्य तत्काल रोक्न माग गरिएको छ ।




विश्वविद्यालयका आङ्गिक क्याम्पसमा समेत नभएका शैक्षिक कार्यक्रम अन्य क्याम्पसमा दिँदा सम्बन्धनप्राप्त क्याम्पसमा कुठाराघात हुने इन्जिनियर हेमन्तकुमार गोइतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।




सम्बन्धित
Loading...